Kathmandu Press

इन्द्रावती गाउँपालिकाकी उपप्रमुख मीरा अधिकारी (लामा) को निधन

काठमाडौं, कात्तिक ६ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी उपप्रमुख मीरा अधिकारी (लामा) को निधन भएको छ।उनको महाराजञ्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले...
इन्द्रावती गाउँपालिकाकी उपप्रमुख मीरा अधिकारी (लामा) को निधन

काठमाडौं, कात्तिक ६ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी उपप्रमुख एवं सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमिति सदस्य  मीरा अधिकारी (लामा) को निधन भएको छ।

५१ वर्षीया उनको महाराजञ्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा आज (शनिबार) बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

Hardik ivf

स्वास्थ्यमा समस्या देखिएपछि असोज १९ गते देखि उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यसक्रममा उनलाई ब्लड क्यान्सर देखिएको थियो।

उनी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनी सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामाकी पत्नी हुन्।

प्रकाशित मिति: १४:०० बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्