नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

लहान, कात्तिक ६ : सिरहाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ।
लामोसमयदेखि रक्तचापको दीर्घरोगी रहेका गुप्ताको ५८ वर्षको उमेरमा उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत बुधबार हृदयघात भएपछि पत्रकार गुप्तालाई अस्पताल भर्ना गरिएको थियो ।
सिरहा नगरपालिका–१ घर भई लहान नगरपालिका बस्दै आएका गुप्ता हिमालय टाइम्सलगायत पत्रपत्रिका तथा टेलिभिजनमा कार्य गर्दै आएका थिए। गुप्ताको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासंघ सिरहा शाखाले झण्डा ओढाएर सम्मान प्रकट गरेको छ।
प्रकाशित मिति: १३:५३ बजे, शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)





-1757142095.jpg)
