Kathmandu Press

यसरी मनाइयो नेपालमा विश्व आदिवासी दिवस (फोटो फिचर)

काठमाडौं, साउन २४ : नेपालमा पनि २५ औं विश्व आदिवासी दिवस मनाइएको छ। संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष अगष्ट ९ तारिखका दिन विश्व आदिवासी....

यसरी मनाइयो नेपालमा विश्व आदिवासी दिवस (फोटो फिचर)
रिवाज राई

काठमाडौं, साउन २४ : नेपालमा पनि २५ औं विश्व आदिवासी दिवस मनाइएको छ। संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष अगष्ट ९ तारिखका दिन विश्व आदिवासी दिवस मनाउँदै आइएको छ।

यसै अवसरमा शुक्रबार काठमाडौंमा आदिवासी जनजातिहरुले विश्व आदिवासी दिवस मनाएका छन्। दिवसका अवसरमा काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको र्‍याली त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा आएर सभामा परिणत भएको थियो।

सभालाई समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधन गरेका थिए। र्‍यालीमा सहभागीहरुले परम्परागत सांस्कृति पोशाक लगाएका थिए। यस वर्षको विश्व आदिवासी दिवसको नारा ‘आदिवासीका भाषाहरु’ भन्ने तय गरिएको थियो।


 

प्रकाशित मिति: १९:५५ बजे, शुक्रबार, साउन २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्