Kathmandu Press

प्रचण्डको प्रश्न- मलाई अझै किन हिंस्रक मान्छेका रुपमा चित्रण गरिन्छ?

काठमाडौं, साउन २४ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको द....

प्रचण्डको प्रश्न- मलाई अझै किन हिंस्रक मान्छेका रुपमा चित्रण गरिन्छ?

काठमाडौं, साउन २४ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन्। 

नेकपाका नेता दीनानाथ शर्माद्वारा  लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको शुक्रबार काठमाडौंमा विमोचन गर्दै प्रचढडले माओवादी विद्रोहको नेतृत्व गर्ने अवसर आफूलाई प्राप्त भएपनि आफू हिंसात्मक गतिविधिमा भने संलग्न नभएको बताएका हुन्।

उनले अहिले आफूलाई हिंस्रक मान्छेको रुपमा चित्रण गर्ने गरेको भन्दै असन्तुष्टि पनि जनाए। ‘‘म त्यस्तो विद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन् कसैको एक लपेटो खाएको पनि छैन,’ उनले भने,‘तर मेरो हिंसात्मक गतिविधिमा कुनै संलग्नता रहेन भन्दा मान्छेहरुलाई पत्याउन गाह्रो भइरहेको छ।’

प्रचण्डले आफूले माओवादी विद्रोहको नेतृत्वमात्रै नगरी त्यसलाई शान्ति प्रक्रियामा ल्याउन सफल नेताको परिचय बनाएको पनि बताए। उनले माओवादी विद्रोहको नैतिक जिम्मेवारी भने आफैले लिने स्पष्ट पारे।

प्रकाशित मिति: १९:३६ बजे, शुक्रबार, साउन २४, २०७६