Kathmandu Press

हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण सुरु

मेलम्ची, कात्तिक ६ : बाढीले क्षति पुर्‍याएको हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ। गत साउन १७ गते गतेको बाढीले चनौटेस्थित...
हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण सुरु

मेलम्ची, कात्तिक ६ : बाढीले क्षति पुर्‍याएको हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ। गत साउन १७ गते गतेको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए ।

अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि २० भदौमा बजेट निकासा गरेपछि नेपाली सेनामार्फत शुक्रबारदेखि बेलिब्रिज निर्माण थालिएको हो ।

Hardik ivf

पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको वडा १, २ र ३ पाँचपोखरी थाङपाल गाउँपालिकाको १ र २  मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक प्रयोगबाट वञ्चित थिए ।

बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले रु ९० लाख ५३ हजार निकासा गरेको छ ।

पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको तिम्बु, मेलम्ची घ्याङ तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोतेलगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

हाललाई चनौटेस्थित रातो पुल रहेको ठाउँमा भने हिमपाइप राखी गाउँपालिकाको केन्द्र किउलसम्म यातायात सञ्चालनमा आएको पनि अध्यक्ष शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति: ०९:५३ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्