विराटनगर विमानस्थलमा आजदेखि उडान सुरु हुँदै
विराटनगर, कात्तिक ६ : बाढीले डुबानमा परेपछि बन्द भएको विराटनगर विमानस्थलमा आजबाट उडान सुरु हुने भएको छ।आज बिहान १० बजेदेखि उडान सुरु हुन...
विराटनगर, कात्तिक ६ : बाढीले डुबानमा परेपछि बन्द भएको विराटनगर विमानस्थलमा आजबाट उडान सुरु हुने भएको छ।
आज बिहान १० बजेदेखि उडान सुरु हुन लागेको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ। प्राधिकरणले बिहानदेखि बेलुकी ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको छ।
दुई दिनसम्म उपकरणहरुको परीक्षणपछि विमानस्थल सञ्चालनमा आउन लागेको हो। यो विमानस्थल चार दिनदेखि बन्द रहेको थियो।
विमानस्थल जलमग्न भएपछि उपकरणमा क्षति पुगेको छ। केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेपछि धावनमार्ग, पार्किङ एरिया लगायतका ठाउँ डुबानमा परेका थिए।
प्रकाशित मिति: ०८:०८ बजे, शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












