Kathmandu Press

हस्तकला कोसेली मेला सञ्चालन गरिने

काठमाडौं, कात्तिक ६ : नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकलाको आन्तरिक बजार प्रवर्द्धनका लागि भाटभटेनी हस्तकला कोसेली मेला गर्ने भएको छ।महासङ्घले नेपाली हस्तकलाको आन्तरिक...
हस्तकला कोसेली मेला सञ्चालन गरिने

काठमाडौं, कात्तिक ६ : नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकलाको आन्तरिक बजार प्रवर्द्धनका लागि भाटभटेनी हस्तकला कोसेली मेला गर्ने भएको छ।

महासङ्घले नेपाली हस्तकलाको आन्तरिक बजार प्रवर्द्धनका लागि यही कात्तिक ८ गतेदेखि १६ गतेसम्म भाटभटेनी हस्तकला कोसेली मेला आयोजना गर्न लागेको जनाएको छ।

मेलाका संयोजक विक्रमसिंह महर्जनले भाटभटेनी मेलामा नेपाली छालाजन्य सामग्री, पश्मिना, ऊन, नेपाली कागजलगायत हस्तकला सामग्रीका २५ स्टल राखिने जानकारी दिए।

यो मेलामा ८ गतेदेखि १० गतेसम्म नक्सालमा, ११ गतेदेखि १३ गतेसम्म ठिमीमा र १४ गतेदेखि १६ गतेसम्म कृष्णगल्लीमा रहेको भाटभटेनी सुपरमार्केटमा कोसेली मेला आयोजना गरिने भएको हो।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपाली हस्तकला महँगो नभएकाले सजिलै आन्तरिक बजार प्रवर्द्धन गर्न सकिने बताए।

प्रकाशित मिति: ०८:५८ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्