Kathmandu Press

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौं, कात्तिक ६ : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड...
यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौं, कात्तिक ६ : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई अनुमति दिएको हो। चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

Hardik ivf

अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एशियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जनाएको छ। प्रवक्ता बर्तौलाका अनुसार दक्षिण एशियाली राष्ट्रहरुमा भने बङ्गलादेश, श्रीलङ्का, भुटान, भारतलगायतका देशमा तत्कालै उडान गर्ने गरी तयारी भएको छ।

यात्रु चार्टर्ड र कार्गो उडानको अवस्थालाई हेरेर दक्षिण पूर्वी एशियाली मुलुकमा क्रमशः नियमित उडान गरिने एयरलाइन्सले जनाएको छ। विशेषगरी यी क्षेत्रबाट धार्मिक पर्यटक बढीभन्दा बढी नेपाल भित्र्याउने उद्देश्यका साथ कम्पनीले चार्टर्ड उडान गरेको जनाएको छ।

यती एयरलाइन्ससँग हाल छोटा दूरी तथा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नसक्ने क्षमताका पाँच थान एटीआर–७२ जहाज रहेका छन्। यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सले उडान अनुमति पाइसकेका छन्।

प्रकाशित मिति: ०६:५२ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्