कक्षा ११ को मानविकी संकायमा भर्ना भइन् शान्ता चौधरी
काठमाडौं, साउन २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की संसदीय दलकी सचेतक शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छिन्।
यस....

काठमाडौं, साउन २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की संसदीय दलकी सचेतक शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छिन्।
यसै वर्ष एसईई परीक्षामा बी ग्रेड ल्याएर उत्तीर्ण भएकी चौधरी शुक्रबार नयाँ बानेश्वरको रत्नराज्य माविको मानविकी संकायमा भर्ना भएकी हुन्। भर्ना हुनासाथ उनले १६–१६ वर्षको उमेरमा कक्षा ११ मा भर्ना हुनु पर्ने भएपनि परिस्थितिले आफूलाई अहिले भर्ना हुनु पर्ने बनाएको बताएकी छिन्।
फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेकी छिन्,‘प्राय कक्षा ११ मा भर्ना हुने १५–१६ वर्षको उमेरमा हो। तर त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरुलाई टुलुटुलु हेरेर बस्ने बनायो। मुटु समातेर धरधरी रुने बनायो।’
उनले दुःखको सागर पौडिदै गरेको मान्छेलाई सागरबाट उतारेर संसार बुझ्न सक्ने र विस्तारै मनभित्रका रहरहरु पूरा गर्न वातावरण निर्माण गरिदिने आफ्नो पार्टी नेकपालाई धन्यवाद पनि दिएकी छिन्।

-1784896419.png)









