Kathmandu Press

सात किलो चरेशसहित एक महिला पक्राउ

कलैया, कात्तिक ५ : लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रबाट पक्राउ...
सात किलो चरेशसहित एक महिला पक्राउ

कलैया, कात्तिक ५ : लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए। ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको थियो। बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ। पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: २०:०० बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्