Kathmandu Press

छुट्टाछुट्टै स्थानमा ६ जना मृत अवस्थामा फेला   

काठमाडौं, कात्तिक ५ : काठमाडौंमा शुक्रबार पहिचान नखुलेका तीन जनाको शव फेला परको छ। ज्ञानेश्वर ३० मा नाम, थर नखुलेका करिब ६० वर्षीय पुरुष...
छुट्टाछुट्टै स्थानमा ६ जना मृत अवस्थामा फेला   

काठमाडौं, कात्तिक ५ : काठमाडौंमा शुक्रबार पहिचान नखुलेका तीन जनाको शव फेला परको छ। 

ज्ञानेश्वर ३० मा नाम, थर नखुलेका करिब ६० वर्षीय पुरुष आफ्नै ठेलागाडामा मृत अवस्थामा फेला परेका हुन्।

त्यस्तै, कीर्तिपुर नगरपालिका २ बल्खु खोलाको पुलमुनि नाम, थर नखुलेकी करिब ४० वर्षीया महिला मृत फेला परेकी छिन्। र पशुपति आर्यघाटमा काम गर्ने करिब ४० वर्षीय ओम मगर भन्ने पुरुष आर्यघाटको पेटीमा मृत अवस्थामा फेला परेका हु्न।

गुल्मी, चन्द्रकोट गाउँपालिका ४ मा ६५ वर्षीया रत्नकला आचार्य मृत अवस्थामा फेला परेकी छिन्। सोही गाउँपालिका ६ हरेवास्थित लघुविद्युतको ड्याममा उनी शुक्रबार मृत अवस्थामा फेला परेकी छन्। बिहीबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा उक्त ड्याममा शव फेला परेको हो।
 
पाल्पा, रिब्दिकोट गाउँपालिका ८ ताल्तुङमा ३९ वर्षीय नुर बहादुर सुर्यबंशी आफ्नै घरदेखि करिब ४ किलोमिटर टाढा ताल्तुङ रानीवन सामुदायिक वनको गोरेटेको छेउमा मृत अवस्थामा फेला परेका छन्। 

झापाको दमक नगरपालिका २ बेलडागीमा ५५ वर्षीय ईन्द्र खतिवडा सोही ठाउँस्थित कल्बर्ट नजिक शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८:५६ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्