Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं, कात्तिक ५ : सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थित सडकमा अन टेष्ट लेखिएको कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।...
छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं, कात्तिक ५ : सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थित सडकमा अन टेष्ट लेखिएको कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ भएको दुर्घटनामा कार चालक सोही नगरपालिका ६ का ४० वर्षीय कृष्ण प्रसाद दाहालको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल चक्रघटीमा उपचारको क्रममा मृत्यु भएको हो। 

Hardik ivf

त्यस्तै, नवलपरासी(पश्चिम) को सुनवल नगरपालिका १ सोमनाथस्थित सडकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

ना.६ ख २३०८ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका ६ पुर्वटोलका ४१ वर्षीया चित्रा गुरुङको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।     

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्