Kathmandu Press

साहित्य समाजको दर्पण हो : मन्त्री कार्की

काठमाडौं, कात्तिक ५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य समाजको दर्पण भएकाले संसारलाई जोड्न यसले पुलको रुपमा काम गरिरहेको बताएका छन्...
साहित्य समाजको दर्पण हो : मन्त्री कार्की

काठमाडौं, कात्तिक ५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य समाजको दर्पण भएकाले संसारलाई जोड्न यसले पुलको रुपमा काम गरिरहेको बताएका छन्  

पत्रकार एवम् साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह “शनैः शनैः यात्रामा”को लोकार्पण समारोहमा उनले उत्कृष्ट साहित्य सिर्जनामा सबै स्रष्टालाई जोड्न मन्त्रालयले कडीकारुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री कार्कीले भने, “सहित्य विधा राजनीति भन्दा नितान्त भिन्न छ, साहित्यलगायत समाजका हरेक विधा र क्षेत्रमा रहेका चुनौतिलाई अवसरका रुपमा रुपान्तरणका लागि सबैबाट योगदान होस् ।”

Hardik ivf

उनले निष्ठावान र कर्मयोगी बुढाथोकी जस्ता व्यक्तिबाट मात्रै मुलुक अटल समृद्धिमा जानेमात्र नभई समाजमा देखिएका विभेद अन्त्य हुने बताए । पत्रकार वियोगीको बाल्यकाल, जन्मोथलो, पर्यावरण संरक्षण र स्वदेश तथा विदेश भ्रमणमा देखेका एवम् भोगेका विषयवस्तु समेटिएको उक्त कृतिमा २१ वटा लेख समेटिएको छ ।

यात्रामा भोग्नु परेका पीडा, तीता मिठा घटना र पात्र प्रवृत्तिलाई निकै कुशलतापूर्वक प्रस्तुत गरिएको उक्त कृतिमा नेपालका विभिन्न भाग र वर्मासम्मका विषयबस्तु समेटिएको छ ।  सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेले पछिल्ला समय साहित्य र संस्कृति विधामा पनि राजनीतिक चलखेलले विकृत तुल्याएको प्रतिक्रिया दिए । 

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्