Kathmandu Press

भारतीय रुपैयाँसहित १ जना पक्राउ

रौतहट, कात्तिक ५ : ईशनाथ नगरपालिका १ बन्जरहाबाट १ लाख ८० हजार अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन्। भारत बिहार राज्य शिवहर...
भारतीय रुपैयाँसहित १ जना पक्राउ

रौतहट, कात्तिक ५ : ईशनाथ नगरपालिका १ बन्जरहाबाट १ लाख ८० हजार अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन्। 

भारत बिहार राज्य शिवहर ग्राम पंचायत वेलवाघाट ५ बाट २२ वर्षीय सुशिल कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

बन्जराहस्थित बकैया खोलाको बाँधमा सिमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई अवैध रुपमा झोलामा बोकी हिँडेको उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो। 

साहलाई बरामद भारतीय रुपैयाँसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रकाशित मिति: १८:३२ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्