Kathmandu Press

मुलुक भ्रष्टाचारको दलदलमा फस्योः पौडेल

काठमाडौं, साउन २४ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक भ्रष्टाचारको दलदलमा फसेको बताएका छन्। 

....
मुलुक भ्रष्टाचारको दलदलमा फस्योः पौडेल

काठमाडौं, साउन २४ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक भ्रष्टाचारको दलदलमा फसेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले मुलुकलाई भ्रष्टाचारको दलदलबाट मुक्त गराउन सरकारलाई सुझाव दिन बुद्धिजीवीहरुलाई आग्रह गरे। उनले सरकारलाई राष्ट्र र जनताको पक्षमा काम गर्ने गरी सुझाव दिन पनि बुद्धिजीवीहरुलाई आग्रह गरे।

पौडेलले मुलुकलाई द्वन्द्वमा फसाउने अझै प्रयास भइरहेकाले त्यसबाट सचेत रहन पनि सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराए। पौडेलले मुलुकका लागि देशभक्त नेताको आवश्यकता रहेको पनि बताए।

उनले मुलुकमा ठूलो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि त्यसलाई कमजोर बनाउने प्रयोग भइरहेको उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे। पौडेलले मुलुकलाई जनताको अपेक्षा अनुसार अघि बढाउने गरी शिक्षा नीति तय गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: १८:३९ बजे, शुक्रबार, साउन २४, २०७६