पाँच वर्षीय बालकसहित दुईजना मृत फेला
बैतडी, कात्तिक ५ : पाँच वर्षीय बालकसहित आज बैतडीमा दुईजना मृत फेला परेका छन्।सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते...
बैतडी, कात्तिक ५ : पाँच वर्षीय बालकसहित आज बैतडीमा दुईजना मृत फेला परेका छन्।
सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृत फेला परेका हुन्।
उनको मृत्युको कारण खुल्न नसके र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए।
यसैबीच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृत फेला परेका छन्। सुभमको शव दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ।
कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन्। जयन्तीको अवस्था अझै अज्ञात रहेको छ। जयन्तीका श्रीमान् घरमै छन्। घटनाबारे अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।
प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












