Kathmandu Press

सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब

काठमाडाैं, साउन २४ : सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख रूपैयाँ पुगेको छ ।

कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ....

सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब
फाइल

काठमाडाैं, साउन २४ : सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख रूपैयाँ पुगेको छ ।

कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा दुई अर्ब ८० करोड ३६ लाख वृद्धि भएको छ।

कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार रूपैयाँ लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ४४ अर्ब २१ करोड ९० लाख ४० हजार रूपैयाँ पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए। 

कोषको मुख्य आयस्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन्। कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर पाँच करोडबाट दुई लाख ६६ हजार रूपैयाँमा झारेको छ।

यसअघि जोखिममा रहेको रकम ८५ करोडको हाराहारीमा थियो। कोष र अन्तर्गतका निकायको ५० करोड २३ लाख ८६ हजार बेरुजु रहेकामा अघिल्लो वर्ष नै ३० करोड ४० लाख ७३ हजार रूपैयाँ फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको कोषले जनाएको छ।

कोषको मूल धनमा  प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ। नेपाली सेनाले शान्तिस्थापनाका लागि  लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजारबाट विसं २०३२ मा ‘बहुजन हिताय, बहुजन सुखाय’ को सोच राखी सो कोष स्थापना गरेको थियो। 

उक्त कोषको रकम मुलुकका विभिन्न २८ भन्दाबढी क वर्गका बैंक तथा वित्तिय संस्थामा निक्षेप रहेको कोषका निर्देशक केसीले जानकारी दिए। सेनाले कल्याणकारी कोषमाफर्त सञ्चालन भएका कार्यक्रमबाट राज्यलाई वार्षिकरुपमा ४५ करोड राजश्व दिँदै आएको बताइएको छ।

उक्त कोषमार्फत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयको नतिजा अन्य शिक्षण संस्थानको तुलनामा अब्बल रहेको सेनाको जिकिर छ। उक्त कोषमार्फतका कार्यक्रम सञ्चालन गर्न वार्षिक पाँच अर्ब खर्च हुने गरेको छ। ती कार्यक्रममार्फत कोषले पछिल्लो समय वार्षिक ६ अर्ब आम्दानी गर्दै आएको बताइएको छ।

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, साउन २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्