विकास मेराग्लियाले च्यासलबाट ‘ए’ डिभिजन लिग खेल्ने

काठमाडौं, कात्तिक ५ : इटालीमा व्यसायिक फुटबल खेलिरहेका नेपाली मुलका खेलाडी विकास मेराग्लियाले सहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। मंगलबार मात्र नेपाल आएका विसकाले च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेल्ने भएका हुन्।
इटालीको यू–१६ टिमबाट खेलिसकेका १८ वर्षीय विंगर विकाससँग ए डिभिजन लिगका लागि च्यासलले शुक्रबार सम्झौता गरेको छ। च्यासलले विदेशी खेलाडीको रुपमा १ वर्षका लागि उनलाई अनुबन्धन गरेको हो।
विकासलाई अनुबन्धन गर्दै च्यासलले १० नम्बरको जर्सी पनि दिएको छ। ए डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ।
विकास अहिले चौथो डिभिजन क्लब मारिग्लिनानेसबाट व्यवसायिक फुटबल खेल्छन्। गत जुलाईमा १ वर्षको सम्झौता गर्दै विकास मारिग्लियनेसमा आबद्ध भएका थिए।
विकास इटालियन सिरि ए क्लब एट्लान्टाको एकेडेमीको उत्पादन हुन्।
प्रकाशित मिति: १६:५१ बजे, शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











