Kathmandu Press

नेपाली सेनाले ७७ वटै जिल्लामा सैनिक विद्यालय खोल्ने

काठमाडौं, साउन २४ : नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ।

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रब....

नेपाली सेनाले ७७ वटै जिल्लामा सैनिक विद्यालय खोल्ने
फाइल

काठमाडौं, साउन २४ : नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ।

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी ७७ वटै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो।

निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कुलको स्थापना गर्ने नीति अनुरुप प्रदेश नम्बर २ अन्र्तगत महोत्तरीको बर्दिवासमा स्कुल निर्माण कार्य सम्पन्न भइसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए। 

उनले सेनाले आफ्ना हितकारीका सन्ततीलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकून भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा ‘इमप्यानल स्कुल’को व्यवस्था गर्ने योजना रहेको बताए।

निर्देशनालयले कोष अन्तर्गत सञ्चालित विद्यालय महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाईमा नविनतम प्रविधिको प्रयोग गरी सबै कक्षामा मल्टिमिडिया प्रोजेक्टर लगायत अन्य प्रविधिको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति र भाषा प्रयोगशालाको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ। 

निर्देशनालयले काठमाडौं उपत्यकाभित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वर विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ।

बहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरुलाई कोषले २०३४ साल देखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ। शिक्षा तथा सीप र स्वरोजगार मुलुक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले सञ्चालन गर्दै आएको छ।
 

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, साउन २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्