Kathmandu Press

लोसपा प्रदेश २ प्रमुख सचेतकमा परमेश्वर साह

जनकपुरधाम, कात्तिक ५ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साहलाई चयन गरिएको छ।लोसपाको संसदीय दलका नेता जितेन्द्र...
लोसपा प्रदेश २ प्रमुख सचेतकमा परमेश्वर साह
Hardik ivf

जनकपुरधाम, कात्तिक ५ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साहलाई चयन गरिएको छ।

लोसपाको संसदीय दलका नेता जितेन्द्र सोनलले साहलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्। संसदीय दलको उपनेतामा रानी शर्मा तिवारी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरीलाई चयन गरिएको छ।

जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएर बनेको लोसपासँग हाल प्रदेश २ मा १६ सांसद छन्। लोसपा प्रदेशको प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको छ।

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्