गल्ती स्वीकार्दै ग्राण्डी अस्पतालले दोर्जे दम्पतीसँग माग्यो माफी
काठमाडौं, साउन २४ : चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएकोप्रति गल्ती स्वीकार्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले माफी मागेको छ। 
काठमाडौं, साउन २४ : चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएकोप्रति गल्ती स्वीकार्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले माफी मागेको छ।
काठमाडौं गोल्फुटारका निशा तामाङ र दोर्जे लामाकी छोरीको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको स्वीकार्दै ग्राण्डी अस्पतालले माफी मागेको हो।
अस्पतालका निर्देशक डा.चक्रराज पाण्डे, सञ्चालक दीपक कुँवर लगायतले दोर्जे दम्पतीसँग माफी मागेका हुन्। अस्पतालले माफी मागेपछि तामाङ दम्पतीले छोरीको शव बुझेका छन्।
योपनि: ग्राण्डी अस्पतालले दोर्जे दम्पतीलाई दिएको पीडा
अस्पतालका सञ्चालक कुँवरले अब अस्पतालको व्यवस्थापन परिवर्तन गर्ने र चिकित्सकपनि नयाँ ल्याउने प्रतिबद्धतासहित माफी मागेको लामाले बताए।
अस्पतालको लापरवाहीले तामाङकी जुम्ल्याहामध्येकी जेठी छोरीको गत साउन ६ गते अस्पतालमै मृत्यु भएको थियो। लामाकी छोरीको उपचार खर्च पनि अस्पतालले नै ब्यहोरेको छ।

-1784896419.png)









