Kathmandu Press

पानीमा डुबेर कीर्तिपुर र पर्सागढीमा दुईजनाको मृत्यु

काठमाडौं, कात्तिक ५ : पोखरी र जमेको पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ।काठमाडौंको कीर्तिपुर नगरपालिका–५ चारधारे नजिकैको पोखरीमा डुबेर सोही ठाउँ बस्ने धादिङ थाक्रे...
पानीमा डुबेर कीर्तिपुर र पर्सागढीमा दुईजनाको मृत्यु

काठमाडौं, कात्तिक ५ : पोखरी र जमेको पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–५ चारधारे नजिकैको पोखरीमा डुबेर सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका–३ घर भएका सुजन लामाको छोरा ५ वर्षीय सुदिन लामाको बिहीबार दिउँसो मृत्यु भएको छ।

Hardik ivf

पोखरीमा डुबेर अशक्त भएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  

सर्लाहीको बरहथवा नगरपालिका–७ बस्ने पर्सा, पर्सागढी नगरपालिका–२ घर भएका रिजमान अन्सारीको छोरा २ वर्षीय समिर अन्सारीको घर पछाडि पानी जमेको खाल्टोमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको भेनस अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो। 

ङटनाबारे आवश्यक अनुसन्धान भइरहेको यस सम्बन्धमा प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्