Kathmandu Press

सहरलाई हरियाली बनाउने अभियान सुरू भइसक्यो: वनमन्त्री बस्नेत

काठमाडौं, साउन २४ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सहरहरुलाई हरियाली बनाउने अभियानलाई सरकारले जोड दिएको बताएका छन्। 

भ....

सहरलाई हरियाली बनाउने अभियान सुरू भइसक्यो: वनमन्त्री बस्नेत

काठमाडौं, साउन २४ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सहरहरुलाई हरियाली बनाउने अभियानलाई सरकारले जोड दिएको बताएका छन्। 

भू–संरक्षण दिवसको अवसर पारेर शुक्रबार पशुपति क्षेत्र परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री बस्नेतले वृक्षारोपण गरेर सरकारले विभिन्न धार्मिक स्थल, सहरहरुलाई हराभरा बनाउने कामलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको बताए।  

उनले पशुपति क्षेत्रको वातावरण संरक्षणमा जोड दिन पनि पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरे। बढ्दो सहरीकरणसँगै वातावरण संरक्षणको विषय चुनौतीका रुपमा उभिएको उल्लेख गर्दै मन्त्री बस्नेतले ती समस्या समाधानका लागि सरकारले चालू आर्थिक वर्षभित्र ५ करोड वृक्षारोपण गर्ने लक्ष्य लिनु परेको पनि बताए।

मन्त्री बस्नेतले वातावरण संरक्षण विश्वभर चुनौतीको रुपमा देखिएको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढ्न सम्बन्धित सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको स्पष्ट पारे।
 
प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, साउन २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्