Kathmandu Press

डोटीमा ६ दिनपछि फोन र विद्युत सेवा सञ्चालनमा

डोटी, कात्तिक ५ : अविरल वर्षासँगै आएको को बाढी–पहिराका कारण छ दिनदेखि अवरुद्ध भएको डोटीको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ ।...
डोटीमा ६ दिनपछि फोन र विद्युत सेवा सञ्चालनमा

डोटी, कात्तिक ५ : अविरल वर्षासँगै आएको को बाढी–पहिराका कारण छ दिनदेखि अवरुद्ध भएको डोटीको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३÷११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालनमा आएको हो।

विद्युत सेवा सञ्चालनमा आएसँगै जिल्लामा फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन छ। अवरुद्ध विद्युत् र फोन सेवा सञ्चालन भएसँगै यहाँका नागरिकलाई आफ्ना समस्याका बारेमा जानकारी लिन र दिन निकै सहज भएको छ ।

डोटीका प्रमुख बजार, दिपायल, पिपल्ला, सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम राजपुरमा फोन तथा विद्युत् सेवा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत् पोल पहिराले बगाएका कारण सञ्चालन हुन नसकेको जलविद्युत् केन्द्रका प्रमुख कुम्भराज जोशीले बताए।

डोटीमा फोन र विद्युत् सेवा सञ्चालन भए पनि जिल्ला अछाम तथा बाजुरामा भने सञ्चालन हुनसकेको छैन । जिल्लाको जोरायल गाउँपालिका–६ गुनडमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा रहेका ब्याट्री चार्च हुन नसक्दा गाउँघरमा फोन तथा फोरजी इन्टरनेट सेवा सञ्चालन हुननसकेको हो।

 

प्रकाशित मिति: ०९:५९ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्