Kathmandu Press

बलात्कारका अभियुक्त आठ वर्षपछि पक्राउ

काभ्रे, कात्तिक ५ : जिल्ला प्रहरी कार्यालय, काभ्रेले बलात्कारका अभियुक्तलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ।जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका...
बलात्कारका अभियुक्त आठ वर्षपछि पक्राउ

काभ्रे, कात्तिक ५ : जिल्ला प्रहरी कार्यालय, काभ्रेले बलात्कारका अभियुक्तलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ।

जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो।

Hardik ivf

कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फर्स्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ। फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ। (रासस)

प्रकाशित मिति: ०८:१२ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्