Kathmandu Press

राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार: कमल थापा

धुलिखेल, साउन २४ :  राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका छन्।

राप्रपाको प्रशिक्षण व....

राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार: कमल थापा

धुलिखेल, साउन २४ :  राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका छन्।

राप्रपाको प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ति जनाउँदै राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका हुन्।

थापाले कांग्रेस र कम्युनिष्ट पटक-पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरिने बताए। अध्यक्ष थापाले सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेकाले राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको बताए। 

उनले राप्रपा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति अडिग पार्टी भएको बताए। उनले ७५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दू राष्ट्रको स्थापनाका लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचारविरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम गर्ने बताए। 
 

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, साउन २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्