Kathmandu Press

आज देशभर सामान्य बदली, केही ठाउँमा वर्षा हुने

काठमाडौं, कात्तिक ५ : आज देशभर आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान...
आज देशभर सामान्य बदली, केही ठाउँमा वर्षा हुने

काठमाडौं, कात्तिक ५ : आज देशभर आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी  प्रदेशका केही स्थानमा वर्षा हुनेछ। त्यस्तै, अन्य प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने महाशाखाको अनुमान छ।

Hardik ivf

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ।

प्रकाशित मिति: ०७:०८ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्