Kathmandu Press

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, कात्तिक ४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्। मन्त्रालयमा आज जानकारी लिएपछि...
नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, कात्तिक ४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्। मन्त्रालयमा आज जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे। 

श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना तथा रोजगारीमा रहेकाको सामाजिक सुरक्षाका निम्ति काम गर्ने र त्यसमा कर्मचारीका तर्फबाट सहयोगको अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाइ थियो। 

Hardik ivf

कार्यक्रममा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले श्रममन्त्री श्रेष्ठलाई मन्त्रालयका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखको उपस्थिति थियो। 

यसैबीच श्रममन्त्री श्रेष्ठलाई तेक्वान्दो महासङ्घले आज सम्मान गरेको छ। महासङ्घका अध्यक्ष प्रकाश शम्शेर जङ्गबहादुर राणाले उनलाई सम्मान गरे। यसैगरी आज नै वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष कमल तामाङलगायतले मन्त्रालयमा पुगेर श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ। 

प्रकाशित मिति: २०:३२ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्