Kathmandu Press

त्रिविको दीक्षान्त समारोहका लागि आवेदन दिन भोली अन्तिम दिन 

काठमाडौं, कात्तिक ४ : त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन दिने समय भोली (शुक्रबार) सकिदै छ ।२०७७ असार १ गतेदेखि २०७८...
त्रिविको दीक्षान्त समारोहका लागि आवेदन दिन भोली अन्तिम दिन 

काठमाडौं, कात्तिक ४ : त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन दिने समय भोली (शुक्रबार) सकिदै छ ।

२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाएको थियो ।

Hardik ivf

गत २१ भदौदेखि अनलाइन आवेदन माग गरेको विश्वविद्यालयले २० असोजसम्म आवेदन दिन मिति तय गरेको थियो ।  तर, दसैँ बिदाको केही समय थप गर्न अनुरोध आएको भन्दै त्रिविले ५ कात्तिकसम्म म्याद थपेको हो ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पीएचडी) तह पूरा गर्नेहरूले मात्र भर्न पाउने व्यवस्था त्रिविले गरेको छ । 

प्रकाशित मिति: २०:१७ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्