Kathmandu Press

देशको विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला 

काठमाडौं, कात्तिक ४ : काठमाडौंको तारकेश्वर नगरपालिका ७ फुटुङ्ग नागपोखरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। टोखा नगरपालिका ३ घर भएकी ३६...
देशको विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला 

काठमाडौं, कात्तिक ४ : काठमाडौंको तारकेश्वर नगरपालिका ७ फुटुङ्ग नागपोखरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। टोखा नगरपालिका ३ घर भएकी ३६ वर्षीया गौरी लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी हु्न।

त्यस्तै, बैतडीको सूर्नया गाउँपालिका ५ कौसेलीका ४७ वर्षीय ध्वज बहादुर बिष्ट कौसेली भीरमा बुधबार मृत अवस्थामा फेला परेका छन्। 

Hardik ivf

नवलपरासी(पूर्व), बिनयी त्रिबेणी गाउँपालिका ५ कुसुन्डेस्थित बिनयी खोलामा सोही ठाउँका ४५ वर्षीया जखुमाया चौहान बिहीबार मृत अवस्थामा फेला परेकी छन्। 
कपिलवस्तुको बिजयनगर गाउँपालिका ५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

पाल्पाको रामपुर नगरपालिका ८ होस्दिस्थित कालिगण्डकी नदीको किनारमा नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

नवलपरासी(पूर्व), बिनयी त्रिबेणी गाउँपालिका५ लालेघाटस्थित बिनयी खोलामा नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्