Kathmandu Press

अवैध लागूऔषध गाँजासहित दुई पक्राउ

मकवानपुर, कात्तिक ४ : हेटौंडा उपमहानगरपालिका १५ स्थित सडकबाट ५ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। मंगलबार बिहान...
अवैध लागूऔषध गाँजासहित दुई पक्राउ

मकवानपुर, कात्तिक ४ : हेटौंडा उपमहानगरपालिका १५ स्थित सडकबाट ५ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। 

मंगलबार बिहान प्रहरीले राक्सिराङ गाउँपालिका ५ का ४८ वर्षीय प्रेम बहादुर प्रजा र २२ वर्षीय रविन्द्र प्रजालाई पक्राउ गरेको हो। 

हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज १६७६ नम्बरको माईक्रोबसलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबसमा सवार उनीहरूलाई झोलामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 
 

प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्