Kathmandu Press

भरुवा बन्दुकसहित दुई जना पक्राउ तथा बरामद

काठमाडौं, कात्तिक ४ : जाजरकोटको शिवालय गाउँपालिका ६ सुङ्गुरखाली रिसिनाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। चार थान भरुवा बन्दुक सहित २९ वर्षीय नबिन शाही...
भरुवा बन्दुकसहित दुई जना पक्राउ तथा बरामद

काठमाडौं, कात्तिक ४ : जाजरकोटको शिवालय गाउँपालिका ६ सुङ्गुरखाली रिसिनाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

चार थान भरुवा बन्दुक सहित २९ वर्षीय नबिन शाही र सोही ठाउँका २२ वर्षीय  मनोज शाहीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

अस्थाई प्रहरी पोष्ट थला रैकरबाट खटिएको प्रहरीले नबिनलाई शिकार खेल्दै गरेको अवस्थामा १ थान भरुवा बन्दुक तथा उनकै घरबाट १ थान भरुवा बन्दुक र मनोजको घरगोठ तलासी गर्दा १ नाल भरुवा बन्दुक तथा उनकै घरपछाडि ओडारमा राखेको १ थान भरुवा बन्दुक गरी जम्मा ४ थान भरुवा बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
 
त्यस्तै, बागलुङको बडिगाड गाउँपालिका ५ को कुलिङ सामुदायिक बनमा लुकाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी ग्वालिचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्