घरमै बसेर जापान जाने भाषा पढ्न पाइने, यस्तो छ व्यवस्था
काठमाडौं, साउन २४ : वैदेशिक रोजगारीमा जापान जाने चाहने नेपालीले घरमै बसेर जापानी भाषा पढ्न सक्ने भएका छन्। यसका लागि ई–लर्निङ सेवा संचालन गर्न स....

काठमाडौं, साउन २४ : वैदेशिक रोजगारीमा जापान जाने चाहने नेपालीले घरमै बसेर जापानी भाषा पढ्न सक्ने भएका छन्। यसका लागि ई–लर्निङ सेवा संचालन गर्न सम्झौता भएको छ।
जापानी भाषा अध्ययनका लागि ई–लर्निङ सेवा संचालन गर्न जापान इन्टरनेसनल को–अपरेसन सेन्टर (जेआईसीई) र ईन्स्टिच्यूट अफ मल्टिपल स्टडिज प्रालि, काठमाडौंबीच सम्झौता भएको हो। हिजो भएको सम्झौतामा जापानस्थित जेआईसीईका सीईओ नाकाता सुनिइची र नेपालका तर्फबाट ईन्स्टिच्यूट अफ मल्टिपल स्टडिज प्रालिका अध्यक्ष पुकार थापाले हस्ताक्षर गरेका छ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै जेआईसीईका सीईओ नाकाता सुनिइचीले रोजगार र अध्ययनका लागि जापान पहिलो रोजाइँमा पर्ने बताए। उनले जापान जान चाहने थुप्रै नेपाली युवाको सहजताका लागि ई–लर्निङ सेवा सुरू गर्न लागिएको बताए।
ई–लर्निङमार्फत जापानी भाषा बुझ्न र बोल्न सकिनेछ। यसले अध्ययन तथा कामका लागि जापान जाने युवालाई सघाउ पुग्ने उनको भनाइ छ।
त्यस्तै, ई–लर्निङमार्फत पढेर, सुनेर तथा भिडियो हेरेर पनि भाषा सिक्न सकिने नेपालका तर्फबाट ईन्स्टिच्यूट अफ मल्टिपल स्टडिज प्रालिका प्रतिनिधि लक्ष्मण ओझाले बताए।
यो सेवा छिट्ट सुरू गरिने ईन्स्टिच्यूट अफ मल्टिपल स्टडिज प्रालिले जनाएको छ। पहिलो चरणमा ईन्टरनेटको पहुँच भएको स्थानमा संचालन हुनेछ। त्यसपछि ईन्टरनेट नभएको स्थानमा पनि विस्तारका गर्ने तयारी भइरहेको जनाएको छ।
ई-लर्निङबाट कसरी सिक्ने?
जापानी भाषा सिक्न ई–लर्निङ सेवामार्फत ई–लर्निङ आइडी र पासवर्ड लिन सकिनेछ। जापानिज भाषा प्रशिक्षण संस्थामार्फत सहकार्य गरी आफ्नो आईडी लिन सकिनेछ। आईडी लिएपछि मोबाईल, ल्यापटप तथा कम्प्युटरमा लगईन गरेर पढ्न सकिनेछ।
ई–लर्निङ सेवामार्फत ‘एन फाइभ’ तहसम्मको कोर्स पढ्न सकिने जनाएको छ। यसका लागि चार महिना लाग्नेछ। यो कोर्षका लागि १५ हजार रुपैयाँ लाग्ने ओझाले बताए।











-1784808429.png)