Kathmandu Press

डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो

डोटी, कात्तिक ४ : बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज  सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ।जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घाइते...
डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो

डोटी, कात्तिक ४ : बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज  सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ।

जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका अनुसार कामीको मृत्यु भएसँगै जिल्लामा बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मङ्गलबार र बुधबार मात्रै जिल्लामा बाढीपहिराका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको थियो ।

आज एक जनाको उपचारका क्रममा मृत्यु भएको र सायल गाउँपालिका–४ मा घर भत्किएर पुरिएका एक जनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो।

प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टका अनुसार डोटीमा मात्रै बाढीपहिराका कारण १६ जनाको ज्यान गइसकेको छ। यसैगरी बाढीपहिराका कारण १२ जना घाइते तथा ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता भएका छन्।

विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्