Kathmandu Press

फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं, कात्तिक ४ : फिफाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार अपडेट गरेको वरियतामा नेपाल एक स्थान तल झरेको...
फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं, कात्तिक ४ : फिफाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार अपडेट गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो।

भर्खरै साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुग्दै उपविजेता बने पनि नेपाली टिमको वरियता भने खस्किएको छ। नेपाल १ स्थान तल झर्दै नेपाल १६९औं स्थान आइपुगेको छ । साफ च्याम्पियसिपका ५ खेलमा नेपालले २ जित, १ बराबरी र २ हारको नतिजा निकालेको थियो।

दक्षिण एसियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् । साफको च्याम्पियन भारत १०६ र माल्दिभ्स १५६औं स्थानमा छन्।  यस्तै, बंगलादेश १८७, भुटान १८६, पाकिस्तान १९७ र श्रीलंका २०४ औं स्थानमा छन्।

प्रकाशित मिति: १५:४५ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्