नगद तथा चाँदीका गरगहना चोरी
ललितपुर, कात्तिक ४ : ललितपुरस्थित एक कारखानाबाट नगद तथा चाँदीका गरगहना चोरी भएको छ।ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित नुवाकोट दुप्चेश्वर घर भएका सुशील बिकको हेन्डिक्राफ्ट हस्तकला...
ललितपुर, कात्तिक ४ : ललितपुरस्थित एक कारखानाबाट नगद तथा चाँदीका गरगहना चोरी भएको छ।
ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित नुवाकोट दुप्चेश्वर घर भएका सुशील बिकको हेन्डिक्राफ्ट हस्तकला कारखानाबाट नगद १ लाख ५० हजार रूपैयाँ र चाँदीका विभिन्न गरगहना समेत गरी करिब १७ लाख ८४ हजार ४ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको प्हरीले जनाएको छ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












