तास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ
काठमाडौं, कात्तिक ४ : तास खेलिरहेको अवस्थामा सुर्खेत, ललितपुर र डडेल्धुराबाट ३४ जना पक्राउ परेका छन्।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको...
काठमाडौं, कात्तिक ४ : तास खेलिरहेको अवस्थामा सुर्खेत, ललितपुर र डडेल्धुराबाट ३४ जना पक्राउ परेका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत सातजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार ३ सय ७५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
ललितपुरको ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित टहरोमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मोरङ सानेपोखरी गाउँपालिका–१ घर भएका ४७ वर्षीय निल बहादुर पुलामी मगर लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ९० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
डडेल्धुराको अमरगढी नगरपालिका–५ जिलोडास्थित पदम राज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ५० वर्षीय ईन्द्र बहादुर थापा लगायत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
ओझाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।












