खोलाले बगाएर दुईजनाको मृत्यु
काठमाडौं, कात्तिक ४ : कपिलवस्तु र भोजपुरमा खोलाले बगाएर मृत्यु भएको छ।कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१० बिगगौरी बस्ने ३२ वर्षीया सीता थारुको सोही ठाउँस्थित खोला तर्ने...
काठमाडौं, कात्तिक ४ : कपिलवस्तु र भोजपुरमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१० बिगगौरी बस्ने ३२ वर्षीया सीता थारुको सोही ठाउँस्थित खोला तर्ने क्रममा बगाएर बुधबार दिउँसो मृत्यु भएको छ।
खोला तर्ने क्रममा उनलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाबाट १ सय मिटर टाढा शव फेला परेको हो। साथै उक्त खोलाले बगाएर बेपत्ता भएकी सोही ठाउँ बस्ने १३ वर्षीया सिर्जना थारुको प्रहरीले खोजी गरिरहेको छ।
भोजपुरको रामप्रसादराई गाउँपालिका–६ खोलाखर्क बस्ने ५८ वर्षीय मानबहादुर राईको मखुवा खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ।
खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खोलाबाट १ सय मिटर टाढा उनको शव फेला परेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












