छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु
काठमाडौं, कात्तिक ४ : कञ्चनपुर र काभ्रेमा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका-३ नौलाखेतस्थित सडकमा म१ह १२७९ नम्बरको अटोको ठक्करबाट...
काठमाडौं, कात्तिक ४ : कञ्चनपुर र काभ्रेमा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ नौलाखेतस्थित सडकमा म१ह १२७९ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया हर्कमती देवी जोशीको बुधबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काभ्रेको भुम्लु गाउँपालिका-५ जामुने खोलास्थित सडकमा बा२१च ९२१० नम्बरको बोलेरो सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा बोलेरो चालक चौरीदेउराली गाउँपालिका–४ बस्ने ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको छ।
दुर्घटनमा परी गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ती दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












