Kathmandu Press

स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले

काठमाडौं, कात्तिक ४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्लेलाई नियुक्त गरेको छ।यसअघि कार्यालय प्रमुख रहेका बद्रीबहादुर खड्का वाग्मती स्वास्थ्य...
स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले

काठमाडौं, कात्तिक ४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्लेलाई नियुक्त गरेको छ।

यसअघि कार्यालय प्रमुख रहेका बद्रीबहादुर खड्का वाग्मती स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त भएपछि दुई सातायता सो पद रिक्त थियो।

काफ्ले यसअघि वागमती स्वास्थ्य निर्देशनालय हेटौंडामा कार्यरत थिए। उनले बुधबारदेखि स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखको कार्यभार सम्हालेका हुन्।

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्