Kathmandu Press

प्रधानसेनापति शर्मा र राजदूत डिप्रेजबीच भेटवार्ता

काठमाडौं, कात्तिक ४ : प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ (इयु) प्रतिनिधिमण्डलकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ।उनीहरूबीच आज (बिहीबार) जङ्गी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा...
प्रधानसेनापति शर्मा र राजदूत डिप्रेजबीच भेटवार्ता

काठमाडौं, कात्तिक ४ : प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ (इयु) प्रतिनिधिमण्डलकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ।

उनीहरूबीच आज (बिहीबार) जङ्गी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो। 

सो भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको जनाइएको छ।

प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्