Kathmandu Press

प्रधानसेनापति शर्माद्वारा उपरथी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, कात्तिक ४ : प्रधानसेनापति प्रभुराम शर्माले उपरथी बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति प्रभुराम शर्माले श्रेष्ठलाई...
प्रधानसेनापति शर्माद्वारा उपरथी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, कात्तिक ४ : प्रधानसेनापति प्रभुराम शर्माले उपरथी बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति प्रभुराम शर्माले श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

यही कात्तिक १ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार श्रेष्ठ सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका थिए।

उपरथी श्रेष्ठ श्री मध्य कमान्ड हेडक्वाटरको कमान्ड सेनापतिमा पनि नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

कार्यक्रममा सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो। 

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्