महोत्तरीमा ११ घर भत्किँदा २० लाख बढीको क्षति

महोत्तरी, कात्तिक ४ : महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा बलवा नगरपालिकामा पाँच, भङ्गहा नगरपालिकामा चार र मनरा नगरपालिकामा दुई जनाको घर भत्किएको हो।
यसरी तीन स्थानीय तहमा ११ जनाको कच्ची, खपटाले छाएको र बाँसको टाटी (घेराबेरा) लागेको घर भत्किँदा घरसहित भित्र रहेका अन्नपात, भाँडाकुडा र अन्य वस्तुसमेत क्षति भएको उनको भनाइ थियो।
प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












