Kathmandu Press

आजबाट खुले देशभरिका अदालत

काठमाडौं, कात्तिक ४ : सर्वोच्च अदालतसहित देशभरिका अदालत आज (बिहीबार) बाट खुलेका छन्।दसैंका अवसरमा घटस्थापनादेखि पूर्णिमासम्म सबै अदालत बन्द थिए। दसैंका बेला हरेक वर्ष १५...
आजबाट खुले देशभरिका अदालत

काठमाडौं, कात्तिक ४ : सर्वोच्च अदालतसहित देशभरिका अदालत आज (बिहीबार) बाट खुलेका छन्।

दसैंका अवसरमा घटस्थापनादेखि पूर्णिमासम्म सबै अदालत बन्द थिए। दसैंका बेला हरेक वर्ष १५ दिन अदालत बन्द हुने गर्छ।

तथापि बन्दकाे यो अवधिमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा भने सुनुवाइ भएको थियो।

दसैंपछि अदालत खुलेको पहिलो दिन नै सर्वोच्चमा विभिन्न मुद्दाका पेसी तोकिएका छन्।

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्