दुई करोड माग्दै धम्क्याउने युवकलाई गोली हानेर पक्राउ
काठमाठौं, साउन २४ : गाउँपालिका अध्यक्षसँग दुई करोड माग गरेर धम्क्याउने युवकलाई पक्राउ गर्न प्रहरीले गोली हानेको छ।
काठमाडौंको स्वयम्भूस्थित ....

काठमाठौं, साउन २४ : गाउँपालिका अध्यक्षसँग दुई करोड माग गरेर धम्क्याउने युवकलाई पक्राउ गर्न प्रहरीले गोली हानेको छ।
काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी हाउजिङमा रहेका युवकलाई पक्राउ गर्न प्रहरी टोलीले गोली हानेको हो। उनलाई दुई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
रामेछाप मन्थली नगरपालिकाका लोप्सन भनिने मिलन तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। उनले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई दुई करोड माग्दै धम्की दिएका थिए। उनी काठमाडौंमा बसेर टेलिफोनमा धम्की दिने गरेको प्रहरीको भनाइ छ।
स्वयम्भूस्थित बिजेश्वरी हाउजिङमै बस्दै आएका उनलाई पक्राउ गर्न प्रहरी टोली खटिएको थियो। उनले भाग्न खोजेपछि गोली चलाएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले बताए। उनको घुँडामूनि दुई गोली लागेको छ।
मिलनलाई नियन्त्रणमा लिएर उपचारका लागि ट्रमा सेन्टर पु¥याएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

-1784896419.png)









