Kathmandu Press

ट्रक दुर्घटना हुँदा गोरखामा चालकको मृत्यु

गोरखा, कात्तिक ४ : गोरखाको आरुघाट गाउँपालिका–१ माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।ट्रकका चालक धादिङ गङ्गाजमुना गाउँपालिका ७...
ट्रक दुर्घटना हुँदा गोरखामा चालकको मृत्यु

गोरखा, कात्तिक ४ : गोरखाको आरुघाट गाउँपालिका–१ माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ट्रकका चालक धादिङ गङ्गाजमुना गाउँपालिका ७ का ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले बताए।

Hardik ivf

गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

आरुघाट बजारबाट धुन्चेततर्फ जाँदै गरेको बा ५ ख १२३१ नम्बरको मिनीट्रक माँझगाउँमा अनियन्त्रित भएर सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक थापाको भनाइ छ।

दुर्घटनामा परी अन्य दुई जना घाइते भएको उनले बताए। आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय राजकुमार गुरुङ र तीन वर्षीया बालिका दिव्या गुरुङ घाइते छन्।

उनीहरुको आरुघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते दिव्याको अवस्था गम्भीर भएकाले थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको स्वास्थ्य चौकीले जनाएको छ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: १०:४९ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्