त्रिशुली बस दुर्घटना : मृतकको संख्या पाँच पुग्यो, अझै २४ यात्रु बेपत्ता
धादिङ, साउन २४ : आज बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ। केहीबेर अघि थप दुई जनाको शव भेटिएको हो।
सर्लाहीको मलंगव....

धादिङ, साउन २४ : आज बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ। केहीबेर अघि थप दुई जनाको शव भेटिएको हो।
सर्लाहीको मलंगवाबाट ४५ यात्रु बोकेर काठमाडौंका लागि आएको ना ६ ख ७४६९ सृष्टि डिलक्स बस आज बिहान ३ बजे धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खसेको थियो। सुरक्षाकर्मी र स्थानीय बासिन्दाले १६ जनाको उद्धार गरेका थिए। उनीहरूलाई चोटपटक पनि लागेको छ। सबै घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनामा तीन जनाको बिहानै र दुई जनाको केहीबेर अघि शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, तीन जनाको घटनास्थलमै र दुई जनाको चितवनको जुगेडीमा शव फेला परेको हो।
मृतक पाँचमध्ये सर्लाहीकै अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको छ। तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अझै २४ जना वेपत्ता रहेका छन्। उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्।
त्यस्तै, बसलाई त्रिशूलीबाट निकालिएको छ। बसभित्र भने कोही पनि भेटिएका छैनन्।
याे पनि पढ्नुस् : ४५ यात्रु बाेकेको बस त्रिशुलीमा खस्यो (यात्रुकाे नामसहित)

-1784896419.png)









