गोर्खामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते
गोर्खा, कात्तिक ४ : गोर्खाको आरुघाट गाउँपालिका १ माझगाउँमा गएराति मिनी ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते...
गोर्खा, कात्तिक ४ : गोर्खाको आरुघाट गाउँपालिका १ माझगाउँमा गएराति मिनी ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
राति ११ः३० बजे भएको दुर्घटनामा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठको मृत्यु भएको छ। उनी ट्रक चालक हुन्।
दुर्घटनामा आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङ घाइते भएका छन्। उनीहरुको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा ५ ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको थियो। ट्रक सडकबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०७:५५ बजे, बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












