Kathmandu Press

ललितपुरमा पनि ब्रुमर सञ्चालन

ललितपुर, साउन २४ : ललितपुर महानगरपालिकाले पनि दुइटा ब्रुमर संचालनमा ल्याएको छ।

आज ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एक कार्यक्रम....

ललितपुरमा पनि ब्रुमर सञ्चालन

ललितपुर, साउन २४ : ललितपुर महानगरपालिकाले पनि दुइटा ब्रुमर संचालनमा ल्याएको छ।

आज ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एक कार्यक्रमको आयोजना गरी ब्रुमर संचालनमा ल्याइएको जानकारी दिएका छन्। उनले महानगरपालिकालाई धुलोरहित बनाउने अभियानअन्तर्गत साउन १० गते खरिद गरिएको दुइटा ब्रुमर संचालनमा ल्याइएको बताए।

अत्याधुनिक प्रविधियुक्त बु्रमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा संचालन गरिनेछ। इटालीमा निर्माण गरिएको दुई वटा ब्रुमरको मूल्य चार करोड ४८ लाख ११ हजार दुई सय ८० रुपैयाँ रहेको छ।

जेनटक प्राईभेट लिमिटेडबाट बोल पत्र आह्वान गरी खरिद गरिएको ब्रुमरको रुम ललितपुरमा पनि रहेकाले यसको मेन्टिनेन्समा समस्या नहुने मेयर महर्जनले बताए।

त्यसैगरी दुइटा पानी टयांकर पनि संचालनमा ल्याइएको छ। पानी टयांकर भने सिप्रडी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैँयामा खरिद गरिएको हो।

प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, साउन २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्