Kathmandu Press

राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने झापा सुरुंगा कनकाई नगरपालिका–३ का ३५ वर्षीय निलम भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ
Hardik ivf

काठमाडौं, कात्तिक ३ : राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने झापा सुरुंगा कनकाई नगरपालिका–३ का ३५ वर्षीय निलम भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

भट्टराईले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकारसमेत भएकोले आफ्नो पहुँच गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु भन्दै ठगी गरेका थिए ।

त्यसका लागि १५ लाख रुपैयाँ लाग्ने भन्दै १४ लाख ५० हजार रुपैयाँ लिइसकेका थिए । पीडितलाई काठमाडौं बोलाएपछि भट्टराई सम्पर्कविहीन भएका थिए । महानगरीय अपराध महाशाखा, मीनभवनको टोलीले उनलाई सुर्खेत वीरेन्द्रनगर–६ स्थित बसपार्कबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: १८:२७ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्